काठमाडाैँ- सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई सपथ दिलाउन गृहकार्यमा जुटेको छ। नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट सपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको सपथ दिलाइनेछ। ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सात दिनको समय […]