कैलालीको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले घोडाघोडी नगरपालिकामा अस्थायी रुपमा सम्पर्क कार्यालय स्थापना गरेको छ । वर्षा शुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र इन्टरनेट सेवा पनि नभएपछि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन नगरपालिकामा अस्थायी रुपमा कार्यालय राखिएको गाउँपालिकाका उपाध्यक्ष खडक साउदले बताए । ‘गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको होइन । केही दिनलाई अस्थायी रुपमा नगरपालिकामा