सेती लोकमार्ग अन्तर्गत खप्तडछान्ना गाउँपालिकामा निर्माण गर्ने भनिएका दुई वटा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण खप्तडछान्ना–१, कुचेखोला (कलिपछाई) र खप्तडछान्ना–७, गडरायमा निर्माण हुने भनिएका पुलको निर्माण कार्य अलपत्र परेको हो ।
दमौली (तनहुँ), १५ मङ्सिर । तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो । पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० […]
सेती लोकमार्ग अन्तर्गत बझाङको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ। निर्माण (ठेकेदार) कम्पनीको लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेका छैनन्। सेती लोकमार्ग दक्षिणी खण्ड आयोजना कार्यालय अछामले २०७५ सालमा बोलपत्र आह्वान गरेर निर्माण कार्य सुरु गरेको थियो। सम्झौतापछि निर्माणको काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती गरेका कारण तीनवटै पुलको निर्माण रोकिएको हो।
मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षाैंदेखि निर्माण अलपत्र अवस्थामा छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो । करिब पाँच वर्षअघिबा
राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्रे भएको खण्डमै यात्रा जोखिम हुने गरेको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा निर्माणाधीन अधिकांश पुलको निर्माण अलपत्र अवस्थामा छन् । यसले यात्रु जोखिममा यात्रा गर्न बाध्य छन् ।
पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो । यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस
कञ्चनपुर । कञ्चनपुरको दोदानदीमा ६ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र परेको छ । २०७२ पुसमा २४ करोड ५३ लाखको लागत सम्झौता भएको सो पुल निर्माणका क्रममा समस्या देखिएपछि अलपत्र परेको हो ।
जिल्लाको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदानदीमा पक्की पुल लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा पाए पनि पुल भने राजेन्द्र निर्माण सेवाले बनाइरहेको थियो । ‘पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि पुलको डिजाइन पुनः बनाएर सडक विभागमा पठाइएको छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले भने, ‘दशैंलगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउनेछ ।’ रासस
सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिक