सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि सामारी खोलाको पुल निर्माण अलपत्र, बस्ती डुबानमा पर्ने जोखिम

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ र ३ जोड्न निर्माण भइरहेको पुल बेलैमा बन्न नसक्दा मकवानपुरगढी-५ धादिङ बजारवासीहरुको लागि थापेको धराप जस्तै भएको छ। सामारी खोलामा ५ वर्षअघि निर्माण शुरु भएको ३ स्पानको पुल ठेकेदारको बद्माशीले गर्दा अहिलेसम्म एक स्पान पनि निर्माण सम्पन्न हुन सकेको छैन। पुलको निर्माण शुरु भएपछि…