पोखरा – सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन्। बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो। पोखराको रत्नचोकमा रहेको […]