जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन । तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ । अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उनले केही दिनअघि मात्रै भनेका थिए, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसमा पनि मै प्रधानमन्त्री