काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षाहरू फागुन मसान्तभित्र सकाउने भएको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले रोकिएका परीक्षा आउँदो फागुनभित्र सकाउने र नयाँ परीक्षाका लागि चैतमा तालिका सार्वजनिक गर्ने जानकारी दिए । “चैतमा अन्य विषयको परीक्षा लिने निर्णय भएको छ । त्यसको लागि...