सहरी विकासमा मन्त्री नै पिच्छे राजनीतिक हस्तक्षेप हुँदा बेथिति झाँगिँदै गएको छ । मन्त्रालयको सहरी विकास महाशाखामा तीन महिनादेखि एउटै पदमा दुई जना प्रमुख छन् । मन्त्रालयका सहसचिव रामचन्द्र दंगाललाई महाशाखा प्रमुखमा मंसिर आन्तिम साता सरुवा गरिएको थियो । उनी दैनिक हाजिर गर्छन् तर मन्त्रालयले कामको जिम्मेवारी दिएको छैन । उनको हातमा महाशाखा प्रमुखको जिम्मेवारी दिएको पत्र पनि छ, बस्ने कोठा र कुर्सी उपलब्ध छैन ।