राजा वीरेन्द्रका सालिक राख्न खोज्दा नेपालगन्ज तनावग्रस्त

स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । प्रहरी र राजावादी समूहबीच झडपमा ढुंगा हानाहान भएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो । आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही समूहहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

सम्बन्धित सामग्री

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

काठमाण्डाै - पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यहाँ आज केही युवाले नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही घाइते पनि भएका छन् । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएक...

राजा वीरेन्द्रको शालिक प्रहरीले बल प्रयोग गरी निकाल्यो, नेपालगन्ज तनावग्रस्त

स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिमा राखिएको शालिक प्रहरीले बल प्रयोग गरी निकालेको छ। नेपालगन्जस्थित वीरेन्द्रचोकअर्थात धम्बोझीबाट बिहीबार बिहान राजावादी समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए।

वीरेन्द्रको शालिक राख्ने विषयमा विवाद, नेपालगन्ज तनावग्रस्त (भिडियोसहित)

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादी व्यक्रिबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी...

नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

१९ वैशाख, बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर […]