राजा वीरेन्द्रको शालिक प्रहरीले बल प्रयोग गरी निकाल्यो, नेपालगन्ज तनावग्रस्त
स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिमा राखिएको शालिक प्रहरीले बल प्रयोग गरी निकालेको छ। नेपालगन्जस्थित वीरेन्द्रचोकअर्थात धम्बोझीबाट बिहीबार बिहान राजावादी समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए।
तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएको बिहीबार ठिक २१ पुग्यो । राजपरिवारको नै एक रातमा हत्या भएको दिनलाई तत्कालीन समयमा कालो दिनको रूपमा लिइन्छ। एउटा देशको राजपरिवारलाई कसले हत्या गर्यो ? किन हत्या भयो ? होला भन्ने बिषय २१ बर्षसम्म पनि गौण छ । न देशमा राजा रहे न दरबार हत्याकाण्डै नै बाहिर आयो । यो विडम्बनामा सीमित हुँदै आएको छ ।
विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो ।
आर्थिक अभावबाट ग्रस्त विकासोन्मुख देशमा टेलिभिजन सेतो हात्ती साबित हुने दाबीलाई गलत साबित गर्दै नेपालको पहिलो टेलिभिजनले आज छत्तीसौँ वार्षिकोत्सव मनाउँदैछ । नेपालमा टेलिभिजनको सामाजिक इतिहास नेपाल टेलिभिजनको स्थापनाभन्दा केही पुरानो अवश्य छ । तर नेपाली समाजमा टेलिभिजन संस्कृतिको दू्रत विकास भने पञ्चायती शासन व्यवस्थाको अन्तिम समयतिरदेखि नै भएको हो । राजा वीरेन्द्रले व्यक्तिगतरूपमा अभिरुचि दर्शाउँदै नेपालमा टेलिभिजन प्रसारण सुरु गराउँदा उनको खास मनसाय जेसुकै होस्, बितेका साढे तीन दशकमा यसले नेपाली चेतनास्तरलाई उकास्न उल्लेखनीय योगदान गरेको छ ।
एकसय ७० वर्ष पहिले प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले युरोप भ्रमणबाट फर्किंदा आफूसँग ल्याएको छापा यन्त्रले नेपालको छापा इतिहासको ढोका खोलेको थियो । उनकै सन्तती चन्द्रशम्सेरले त्रिचन्द्र कलेजको स्थापना गर्दा आफ्नै खुट्टामा बञ्चरो हानेको ठानेका थिए भने जङ्गबहादुरले पनि पक्कै जनचेतना फैलाउन त्यो प्रेस नेपाल ल्याएका थिएनन् । त्यसपछिको समयमा पनि पहिले राणाहरूले र पछि पञ्चायतकालमा राजाहरूले जसरी छापा उद्योगलाई निर्वाध फस्टाउन दिएनन्, त्यस दृष्टान्तबाट पनि जङ्गबहादुरले किन छापा यन्त्र नेपालमा भित्र्याए भन्ने अनुमान लगाउन सकिन्छ । सञ्चारका साधनहरू मानसिक उत्पादनका साधन वा मानिसको मनोविज्ञानमा प्रभाव पार्ने माध्यम हुन् । उत्पादनका साधनमाथि जसको स्वामित्व रहन्छ, राज्यको वास्तविक शक्ति उसैसँग हुन्छ । त्यसैगरी राज्यको शक्ति बल प्रयोग गर्ने संस्थाहरूमा मात्र आधारित हुँदैन । सांस्कृतिकरूपमा कायम गरिने शक्ति पनि उत्तिकै महìवपूर्ण हुन्छ । सांस्कृतिक माध्यमबाट कायम गरिएको झूठो चेतना च्यात्न सक्नेहरू नै मुक्ति र स्वतन्त्रताको कुरा गर्छन् । यस मामिलामा जङ्गबहादुर र उनका सन्ततीको केही न केही बुझाइ थियो । त्यसैले जङ्गबहादुरले आफ्नो हातमा सांस्कृतिक वा मानिसको मन मस्तिष्कमा प्रभाव पार्ने साधनलाई आफू अनुकूल प्रयोग गर्न छापा यन्त्र आफैँसँग ल्याई आफ्नै नियन्त्रणमा राखेका थिए ।
चैत २६ को सम्झना दुई कारणले अत्यन्त रोमाञ्चक बन्न पुगेको छ– नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका सन्दर्भमा । पहिलो हो, २०१७ साल पुस १ गते राजा महेन्द्रले शाही घोषणाका माध्यमबाट अपहरण गरेको संसदीय प्रजातन्त्र, राजा वीरेन्द्रको २०४६ साल चैत २६ गतेको शाही घोषणाले पुनस्र्थापित गरेको अविस्मरणीय घटना ! त्यसबाट राजाले सैनिक बल प्रयोग गरेर हस्तगत गरेको शासकीय अधिकार, निहत्था जनताको शान्तिपूर्ण आन्दोलनले खोसेर फिर्ता गरेको मात्र होइन,