काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्। “पाकिस्तान नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छ र साझा चासोको विषयहरुमा नेपालसँग नजिक भएर कामलाई निरन्तरता दिन चाहन्छ”, पाकिस्तानका प्रधानमन्त्रीले ट्वीटर मार्फत भनेका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरुन्जेलसम्म खानले बधाई दिएका थिएनन्।