कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले कृषि क्षेत्रको जग्गा सुनिश्चित गर्न थालेको छ । कृषि क्षेत्रको जग्गा खण्डिकरण भई आवासका रूपमा प्रयोग हुन थालेपछि नगरपालिको भू-उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिधिमा रहेर कार्य अगाडि बढाएको हो । कृषि क्षेत्रको जग्गा सुरक्षित गर्न र आवासीय क्षेत्रको जग्गा व्यवस्थित गर्नका लागि वडास्तरमै छलफल गरी सुझाव संकलनको कार्य भइरहेको छ […]