इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि साढे ५ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित कुल ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।शुक्रबार लिमिटेडले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई आफ्नो सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

सम्बन्धित सामग्री