इयुको हवाइ सुरक्षा सूचीबाट हटेन नेपाल

काठमाडौँ : युरोपेली संघ (इयू) ले नेपालका विमान सेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ। इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो। नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै इयुले नेपाली वायुसेवामाथि दशवर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ। इयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत कात्तिक २८ मा ब

सम्बन्धित सामग्री

नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक ल्याउन सांसद गौतमको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विधेयक संसदमा ल्याउन सरकारसँग माग गरेकी छन् । नेपालको पर्यटन क्षेत्रलाई जीवन्त र प्रभावकारी बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी हवाइ सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

अमेरिकी टोलीले आजदेखि नेपालको हवाइ सुरक्षाबारे अध्ययन गर्ने

अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाइ सुरक्षा अवस्थाबारे बिहीबारदेखि अध्ययन थाल्दै छ। गोरखापत्र दैनिकमा समाचार छ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले टोलीले आईकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी दिए। उता युुरोपेली संघ (ईयू)ले नेपालमा हवाइ दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्न आवश्यक रहेको देखाएको छ। सन् २०१३ देखि ईयूको काल

आईकाओ महासभामा मन्त्री श्रेष्ठको सम्बोधन : नेपाली आकाश सुरक्षित छ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल शहरमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ४१ औं त्रैवार्षिक महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आईकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरूप हवाइ सुरक्षामा नेपालले उल्लेख्य प्रगति गरेको बताए। उनले आईकाओको प्रतिवेदनमा हवाइ सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको तर्क

सिकागो एयरपोर्टमा एयर इन्डियालाई तनाव, ८ घन्टा रोकियो उडान :: Pahilopost.com

नयाँ दिल्ली : सिट बेल्टमा ट्याग नम्बर नभएको भन्दै सिकागोबाट भारतका लागि उड्नै लागेको एयर इन्डियाको विमानलाई अमेरिकन हवाइ सुरक्षा निगमनले रोकेको छ। फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले अप्रत्यासित रुपमा गरेको चेकजाँचका क्रममा दिल्ली आधारित बोइङ ७७७ को सिट बेल्टमा टेक्निकल स्ट्यान्डर्ड अर्डर अनुसार हुनुपर्ने नम्बर भेटिएन। सुरक्षासँग जोडिएको विषय