काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक कार्यक्रममा बोल्न नछुटाउने विषय हो, नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या बढाउने।गत बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सवमा पनि उनले यही कुरा दोहोर्याए। ‘नेपालको मेडिकल शिक्षा दक्षिण एसियामै उत्कृष्ट छ। धेरै देशले नेपालमा पढ्न पाउनुपर्यो भनेर भनिरहेका छन्। अहिले अध्ययन गर्न आउनेहरूको संख्या बढ्दै गइरहेको छ।’ तर चिकि