उपचार खर्चको अभावमा जितबहादुर ओछ्यानमा

सुर्नया गाउँपालिका–२, ग्वानी घरकट्टेका ५२ वर्षीय जितबहादुर विष्ट उपचार खर्चको अभावमा विगत एक वर्षदेखि ओछ्यानमा थला परेका छन् । भारतमा ज्याला मजदुरी गर्ने क्रममा खुट्टा भाँचिएपछि उहाँलाई हिँडडुल गर्न पनि समस्या भएको छ । खुट्टामा राखिएको फलामको रड झिक्न पनि आर्थिक समस्या भएको उहाँ बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

सागर प्रनिनिधि पात्र मात्र हुन्

कान्तिपुर दैनिकमा बुधबार प्रकाशित ‘पूर्वलडाकुलाई उपचार खर्च जुटाउनै धौधौ’ भन्ने समाचारमा लेखिएका दुवै मिर्गौला फेल भएर उपचार खर्चको अभावमा छटपटाइरहेका ताप्लेजुङका सागर लिम्बू प्रतिनिधि पात्र मात्र हुन् । अन्य सन्दर्भका कुरा छाडेर माओवादी द्वन्द्वमा लागेकाको मात्रै कुरा गर्ने हो भने पनि सागरजस्ता हजारौँ पात्रले यस्तै नियति भोगिरहनुपरेको छ ।

बेसहाराले पाए २८ वर्षदेखिको पीडाबाट मुक्ति

उपचार खर्चको अभावमा २८ वर्षदेखि रोग सहेर बसिरहेका एक जना असहायको नि:शुल्क शल्यक्रिया गरिएको छ । बाल्यकालमै आमा बुबा गुमाएपछि गाउँलेको शरणमा हुर्किँदै आएका २८ वर्षीया भीम कुँवरको जिल्ला अस्पताल बझाङमा नि:शुल्क शल्यक्रिया गरिएको हो ।

उपचार गर्न खर्चको अभावमा २४ वर्षदेखि टाउकोभरि ऐजेरु

खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले अठार वर्षको उमेरदेखि टाउको र शरीरभरि ऐजेरु बोकेर बसिरहनुभएको छ । उपचार खर्चको अभावमा अहिलेसम्म समस्या झेल्दै आउनुभएका तिवारीको यतिबेला भने उपचार सम्भव हुने भएपछि खुसी त हुनुहुन्छ तर उपचारमा लाग्ने खर्चको अभावमा निरास हुनुहुन्छ । “उपचार त हुने भयो तर पैसा कसरी ल्याउने भन्ने पिर …

विपन्न र बिमितको उपचार गर्न १० अर्ब बजेट, तर ५ महिनादेखि भुक्तानी ठप्प

विपन्न नागरिकको उपचार खर्चको भुक्तानी रोकिँदा देशभरका बिरामी मर्कामा परेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकका लागि ७ अर्ब ५० करोड र विपन्न नागरिक उपचार कोष शीर्षकमा २ अर्ब ४७ करोड परिचालन गर्ने जिम्मेवारी स्वास्थ्य बिमा बोर्डले पाएको छ । तर, जनशक्ति अभावमा बिल रुजु गर्न नभ्याएको भन्दै बोर्डले भुक्तानी रोक्दा अस्पतालले सेवा बन्द गर्न थालेका छन् ।

भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना

भाइरल बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन ।उनको अवस्था नराम्रोसँग बिग्रिएको उनी नजिक कमल सरगमले जानकारी दिए । कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् । एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, &lsquo

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्णरुपमा निको बनाई घर पठाएको हो । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका ८ वर्षीय बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको थियो । उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँ

१० महिना खोरमा थुनिएका बालकको उद्दार, बीएण्डसी अस्पतालले निशुल्क उपचार गरिदिने

झापा । झापामा उपचार खर्चको अभावमा १० महिनादेखि खोरमा थुनिएका एक बालकको बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालले उद्दार गरेको छ । उद्दार गरिएका बालकको निशुल्क उपचार गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल टिमले शुक्रबार बालकको उद्दार गरेको हो । अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा वसन्तको उद्धार […]

खर्च अभावले अस्पतालमै छट्पटाउँदै खगेन्द्र

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका एक किशोर उपचार खर्चको अभावमा अहिले अस्पतालमा छट्पटाई रहेका छन्।

खर्च अभावमा २१ महिनाका मिर्गौला रोगी बालक घरमै

२९ साउन, गुल्मी । गुल्मीमा दुबै मिर्गौला खराब भएका २१ महिनाका बालकलाई उपचार खर्चको अभावमा घरमै राखिएको छ । जिल्लाको मालिका गाउँपालिका–५ का २१ महिनाका जक्सन गिरीको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवारले उपचारका लागि सहयोगको …

हातखुट्टाका औंला झरेका शंकर भन्छन् ‘ मर्न मन छैन, बाँचौ कसरी ?’ - Naya Patrika

रौतहट चन्द्रपुरनगरपालिकाका एक स्थानीय उपचार खर्चको अभावमा आफ्नै हात खुट्टाका औला झरेको हेरेर बस्न बाध्य भएका छन् । चन्द्रपुर नगरपालिका २ रैयाटोलका ३६ वर्षीय शंकर परियार उपचार खर्च जुटाउन नसक्दा...पूरा पढ्नुहोस् »