धनुषा – लामाे समयकाे प्रतीक्षापछि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटनसँगै रेल जनकपुर आइपुगेको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा रहेकाे हैदराबाद हाउसबाट भर्चुअल रूपमा संयुक्त रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गर्नुभएको थियो ।
रेल जनकपुर आएसँगै स्थानीयवासी उत्साहित भएका छन् । रेल जनकपुर आउँदा...