धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी

धनकुटा– धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  सुब्बाले निकटतम एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गर्नुभयो । लिम्बूले चार हजार १६४ ल्याउनुभएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित हुनुभएको छ । एमालेकी गोमा कार्कीले तीन हजार ६९१ मत प्राप्त गर्नुभयो । 

सम्बन्धित सामग्री

छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा १ हजार ४ सय २ जनाले सेवा लिएका छन् । कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन गरेको थियो । […]

छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन गरेको छ । छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइले पालिककाका सबै वडामा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन गरेको हो । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाको वडा नम्बर– ६ का […]

धनकुटाको सिधुवामा रेन्वो ट्राउट माछापालन तालिम सुरू

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा दर्शन बहुउदेश्य कृषि फर्ममा रेन्वो ट्राउट माछापालन सम्बन्धी ३ दिने तालिम सुरू भएकाे छ। माछापालक कृषकहरुलाई व्यावसायिक बनाउने उदेश्यका साथ सोमबारदेखि तालिम सुरु गरिएकाे हाे । तालिम छथर जोरपाटी गाउँपालिका-६ का वडाध्यक्ष दिपक गुरुङको प्रमुख आतिथ्यता तथा स्थानीय अगुवा कृषक धनेन्द्रराज श्रेष्ठको अध्यक्षतामा तालिमकाे उद्घाटन गरिएको हाे । […]

छथर तारा एकल बाल नृत्यको उपाधि ईसु राईले जितिन्

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटा आयोजित छथर तारा एकल बाल नृत्य प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिका–६ की ईसु राईले जितेकी थिइन् । १४ वर्षकी १० कक्षामा अध्ययनरत राईले १२ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि उचालेकी हुन । उपाधि उचालेसँगै उनले रू. ५० हजार नगद, कप मेडल र प्रमाण पत्र प्राप्त गरिन् । त्यस्तै, प्रतियोगितामा छथर […]

छथर जोरपाटी गाउँपालिकाले सुरु गर्‍यो टोल फ्रि सेवा सुरु

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका वडा नं ६ धनकुटाको नागरिकहरुलाई सेवा दिन उद्देश्यका साथ टोल फ्रि सेवा सुरु गरेको छ । वडा कार्यालयले काम कारबाहीलाई पारदर्शी, सुशासन र जवाफदेही बनाउनको लागि गत सातादेखि सेवा सुचारु गरिएको हो । वडालाई नमुना बनाउने लक्ष्यका साथ वडा कार्यालयमा टोल फ्रि न १८१०५०००१०६ मा फोन गर्दा पैसा नलाग्ने निःशुल्क […]

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा भीषण आगलागी

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी भएको छ । आगलागीबाट के कति क्षति भएको हो भन्ने विबरण भने आउन बाँकी छ । अहिले स्थाथीय र प्रहरीको सहयोगका आगो निभाउने प्रयास जारी छ ।

गर्भवतीलाई मासिक एक हजार दिने तयारी गर्दै छथर जोरपाटी गाउँपालिका

तेह्रथुम- छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेको जनाएको छ ।  गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष छत्रबहादुर […]

रुखले किच्दा युवकको मृत्यु

धनकुटा : छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ।छथर जोरपाटी गाउँपालिका ५ का २८ वर्षिया मनकुमार राईको मृत्यु भएको हो।रुखलाई डोरीले तानेर अर्कोपट्टि ढाल्न छाड्दा खोज्दा आफैँतिर आएर लाग्दा राईको घटनास्थलमै मृत्यु भएको हाे।वडाध्यक्ष डिकबहादुर लिम्बुका अनुसार स्थानीय भिम आचार्यको बारीमा उतिसको रुख काट्ने क्रममा घटना भएको जानकारी दिए।प्रहरीले सर्जिमिन मुजुल्का गरेर  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगेको धनकुटाका प्रहरी प्रवत्ता डीएसपी चिरञ्जीवी

संक्रमितको घरमै औषधि पुर्‍याउदै 'छथर जोरपाटी' गाउँपालिका

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए। छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ।

संक्रमितको घरमै औषधि पुर्‍याउदै 'छथर जोरपाटी' गाउँपालिका

धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र अन्य पोषणका सामग्री वितरण गरिरहेका छन्। गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, उपाध्यक्ष भीमकला श्रेष्ठ र कार्यालयका कर्मचारीसहितको टोलीले संक्रमितका घरमै पुगेर ज्वरो, निमोनिया,झाडापखला, भिटामिन र अण्डा वितरण गरेको अध्यक्ष लिम्बुले बताए। छथर जोरपाटीमा हाल ४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ।