धनकुटाको सिधुवामा रेन्वो ट्राउट माछापालन तालिम सुरू

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा दर्शन बहुउदेश्य कृषि फर्ममा रेन्वो ट्राउट माछापालन सम्बन्धी ३ दिने तालिम सुरू भएकाे छ। माछापालक कृषकहरुलाई व्यावसायिक बनाउने उदेश्यका साथ सोमबारदेखि तालिम सुरु गरिएकाे हाे । तालिम छथर जोरपाटी गाउँपालिका-६ का वडाध्यक्ष दिपक गुरुङको प्रमुख आतिथ्यता तथा स्थानीय अगुवा कृषक धनेन्द्रराज श्रेष्ठको अध्यक्षतामा तालिमकाे उद्घाटन गरिएको हाे । […]