मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।
दोस्रो बजारमा कारोबारका लागि लघुवित्तले आइतबार कम्पनीले जारी गरेको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सहित आइतवार कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकरण गरेको छ ।
नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका लागि एमएलबिएस कारोबार संकेत दिएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्युनतम १३२.६९ रुपैय...