काठमाडौं : नेपाल सरकारले लिम्पियाधुरामा सडक निर्माण भइरहेको कार्य रोक्न भारतसँग आग्रह गर्दै आएको जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिम्पियाधुरामा सडक निर्माण र बिस्तार गरिरहेको सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएपछि यो विषय चर्चामा आएको थियो। मोदीको उक्त अभिव्यक्तिको विरोध नगरेको भन्दै सरकारको आलोचना भइरहँदा आज सरकारले आधिकारिक धारणा…