भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताउनुभयो । […]