काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले सडक दुर्घटनामा परे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै भूसालले अहिले सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचाररत रहेको जानकारी दिएका छन्।
उनले कुनै पनि प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको र मेडिकल जाँचका रिपोर्टहरु समेत सामान्य रहेको उल्लेख गरेका छन्।
‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हा...