नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।