उपरथीको दर्ज्यानी चिह्न अधिकारीलाई प्रदान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायक रथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ ।

सम्बन्धित सामग्री

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान

काठमाण्डाै – भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।  राष्ट्रपति निवास शीतल निवासमा आज साेमवार भएको एक विशेष समारोहमा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।  सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि हिजो आइतवार आउनुभएको हो । नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न र सम्मान दि...

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। प्रधानसेनापति शर्माले जंगी अड्डामा बुधबार आयोजित कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पदोन्नति भएका उपरथी दीपककुमार बानियाँ नेपाली सैनिक वार […]

महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यानी चिह्न

काठमाण्डाै - नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न दिइएको छ । आज गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दर्ज्यानी चिह्न अर्थात फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले हिजो नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो । यस्तै अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको...

डा. अरुणकुमारलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले डा. अरुणकुमार न्यौपानेलाई उपरथीको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।  पुस १ गतेको मन्त्रिपरिषद्को निर्णयले उनलाई उपरथीमा बढुवा गरेको थियो ।  यस्तै मानार्थ उपरथीमा बढुवा भएका सहायकरथी सागरबहादुर केसीलाई पनि प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न लगाइदिएको सूचना तथा जनसम्पर्क निर्देशनालय जंगीअड्डाले जनाएको छ ।

सशस्त्रका ११ एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे।गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निर्णयले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए। सोही क्रममा गृहसचिवस्तरको यही १९ गतेको निर्णयले एक जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका अधिकृतलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।समारोहमा सशस्त्र प्रहर

सशस्त्रका एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ११ अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृहमन्त्रीस्तरको यही मङ्सिर १३ को निर्णयले ११ जना प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए। सोही क्रममा गृहसचिवस्तरको यही १९ […]

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका हुन्। मन्त्रिपरिषद्को...

रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : नेपाली सेनाका रथी सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। आइतबार प्रधानसेनापति प्रभुराम शर्माले एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।राणा बलाध्यक्षमा नियुक्त भएका छन्। सरकारले कात्तिक ११ गते राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

रथी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।मन्त्रिपरिषद्को यही भदौ २९ गतेको  बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको छ।

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पाइलट सहायक रथी आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। थापाले जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। ०७८ असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयको […]