काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको छ।