२१ असार, काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो । मंगलबार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।