आइसीएफसी फाइनान्ससहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

कात्तिक २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सावा दुई घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । आइसीएफसी फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम -१, महालक्ष्मी विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो । यी पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी आइसीएफसी फाइनान्सको १६ लाख १३ हजार ७८८ कित्ता खरीद माग रहेको छ । त्यसैगरी एनआईसी एशिया ब्यालेन्स फण्डको ६ लाख, ग्लोबल आइएमई समुन्नत स्किम - १ को ३ लाख ५२ हजार ५१० इकाई, महालक्ष्मी विकास बैंकको ३ लाख ८ हजार ९ कित्ता र एचआईडिसीएलको २ लाख १४ हजार ३१८ कित्ता धितोपत्र खरीद माग रहेको हो ।

सम्बन्धित सामग्री

आइसीएफसी फाइनान्स र आगन्तुक रिर्सार्टबीच सम्झौता

काठमाडौं– आइसीएफसी फाइनान्स काभ्रेको धुलिखेलमा रहेको आगन्तुक रिसोर्टबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार फाइनान्सका डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवा बाहक ग्राहकले रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

आइसीएफसी फाइनान्सको १० प्रतिशत बोनस प्रस्ताव

आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को लागि बाह्य लेखा पपरीक्षकमा एन.अमात्य एन्ड कम्पनी चार्टर एकाउन्टेन्टलाई नियुक्त […]

आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।   साधारण सभाबाट आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्सबीच सम्झौता

आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) बीच डिजिटल सम्झौता भएको छ ।पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउन व्यावसायिक सम्झौता भएको छ ।सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइसीएफसी फाइनान्सका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप आइसीएफसी फाइनान्स स्मार्ट प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत […]

स्मार्ट च्वाइस  र आइसीएफसी फाइनान्सबीच सम्झौता

आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका व्यवसायिक सम्झौता भएको छ ।सम्झौता पश्चात आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोवाईल बैंकिङ्ग एप  प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।उक्त सम्झौतापत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी

नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता

काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् ।उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमि

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १३ भदौ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावरको आज ८७ करोड ९ लाख बढीको कारोबार भएको हो । त्यस्तै, जीवन बिकास लघुवित्तको ७४ करोड ९२ लाख, आइसीएफसी फाइनान्स कम्पनीको ३८ करोड १२ लाख र हिमालयन डिस्टिरीको ३४ करोड […]

आइसीएफसी फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृत बने अमित श्रेष्ठ

आइसीएफसी फाइनान्स लिमिटेडले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा श्री अमित श्रेष्ठलाई नियुक्त गरेको छ । उनले विगत १३ वर्षदेखि आइसीएफसी फाइनान्समा बिभिन्न विभागहरुमा रहेर काम गरिरहेका छन् ।  श्रेष्ठले आफ्नो बैंकिङ करियरको सुरुवात नेपाल एसबिआई बैंकबाट गरेका हुन् । अमित श्रेष्ठले काठमाण्डौ युनिभर्सिटीबाट एमबीए गरेका हुन् । उनको बैकिङमा १९ बर्षको अनुभव रहेको छ ।  आइ.सि.एफ.सि फाइनान्स लिमिटेडमा उनी नायवप्रबन्धक पदबाट आफ्नो कार्यभार सम्हालेका थिए । यस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त, नायव म...

आइसीएफसी फाइनान्स र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २६, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार दुई ओटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आइसीएफसी फाइनान्स र ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशतले वृद्धि भएको हो ।  विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दाको समय ११ : १५ बजेसम्ममा ङादी ग्रुप पावरको शेयरमूल्य रू. १ हजार २८९ दशमलव ३० र आइसीएफसी फाइनान्सको शेयरमूल्य रू. ८१३ दशमलव १० पुगेको छ ।

१० प्रतिशतले बढे पाँच कम्पनीको सेयर मूल्य

काठमाडौं। साताको दोस्रो कारोबारको दिन बजारमा पाँच वटा कम्पनीको बजार मूल्य १० प्रतिशतले बढेको छ। आज आइसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर, नेपाल हाइड्रो र युनियन हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जानकारी गरायो। आज नेपाल ग्रुप ९.९९, युनियन लाइफ इन्स्योरेन्स ९ं.९८, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७ र युनाइटेड मोदि हाइड्रो ९.२३ प्रतिशतले बढेको हो।