साउन २६, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार दुई ओटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइसीएफसी फाइनान्स र ङादी ग्रुप पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दाको समय ११ : १५ बजेसम्ममा ङादी ग्रुप पावरको शेयरमूल्य रू. १ हजार २८९ दशमलव ३० र आइसीएफसी फाइनान्सको शेयरमूल्य रू. ८१३ दशमलव १० पुगेको छ ।