चटपटे र पानीपुरीमा हानिकारक तेल

यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोवीखोलानजिक एक कवाडी पसलबाट दूषित हानिकारक तेल बिक्री गरेको फेला परेको हो । “कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो,” शाखा अधिकृत पोखरेलले भने, “लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं ।”

सम्बन्धित सामग्री

अखाद्य वस्तुको बिगबिगी

पानीपुरी र चटपटे नखाने टिन–एजर सायदै होलान् । टिन–एजरलाई लक्षित गरेर अधिकांश कलेज बाहिर, सडक पेटीमा चटपट, पानीपुरी बेच्न राखिएको हुन्छ तर तिनै पानीपुरी र चटपटेको प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरको बारेमा ध्यान गएको पाइँदैन । रंगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडक पेटीमा बेच्ने गरेको भेटिएको छ ।