रौतहट । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा। जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने […]
बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् […]
अमेरिकाले युक्रेनलाई हतियार पठाउन केही मात्रामा रोकेको छ । अमेरिकी अधिकारीहरूले आफ्नो हतियार भण्डारणमा न्यूनता आएको भन्दै युक्रेनलाई केही हतियार पठाउन रोक लगाएको बताएका छन । यो निर्णय युक्रेनका लागि थप गम्भीर स्थिति हुनसक्ने अनुमान गरिएको छ । रूसी आक्रमण तीव्र भइरहेका बेला अमेरिकाबाट हतियार कम आउन थाल्नुले युक्रेनलाई समस्यामा पार्न सक्ने संभावना बढेको छ […]
कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको जिपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने […]