म्याग्दीको मंगलामा अस्पताल निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मंगला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शøया क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए ‘आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगतामैत्री भवन बनाउन लागिएको हो,’ उनले भने, ‘आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्शन काठमाडौंसँग २०७८ असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कुल १२ करोड ९७ लाख लागत अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछ । २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले शिलान्यास गरेका थिए । अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मंगलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण शुरू गरेका छन् । रासस

सम्बन्धित सामग्री

कञ्चनपुरको अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

काठमाडौं,१७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका लागि आयुर्वेद विभागले रु […]

कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माण हुँदै

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ ।  ०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा...

नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन […]

सिकलसेलका बिरामीका लागि अब छुट्टै अस्पताल निर्माण हुने

सिकलसेल एनिमिया र थाल्सेमियाको उपचारका लागि छुट्टै अस्पताल निर्माण हुने भएको छ। बाँकेको जानकी गाउँपालिका ३ नहरपुर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको शहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन्। शिलान्यास...

तातोपानीले पाँच शय्याको अस्पताल निर्माण गर्ने

काठमाडौँ,८ असार । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । आगामी साउनबाट तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गरिने गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईं जानकारी दिए । उनले भने, “अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार भइसकेको छ । आउने साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । डिपिआर […]

दुधपोखरीमा १५ शय्याको अस्पताल निर्माण कार्य तीव्र

लमजुङ– लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल […]

थानकोटमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माण हुँदै

काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङको  निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ।

१५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुँदै

कपिलवस्तुको २ पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। जिल्लाको महराजगंज र बुद्धभुमी नगरपालिकामा आधारभुत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिेने भएको हो।...

स्थानीय तहमा अस्पताल निर्माण गर्न कर्जा पाइने

काठमाडौँ । सरकारले स्थानीय तहमा अस्पताल निर्माण गर्न २० करोडसम्मको कर्जा लिन पाइने व्यवस्था गरेको छ । अस्पताल नभएका स्थानीय तहमा १ सय शय्यासम्मको अस्पताल निर्माण गर्नका लागि आवश्यक पर्ने कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले यो विषयमा निर्णय गरी सरोकारवाला बैङ्क तथा वित्तीय संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयनमा […]