प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो योजना पारित गरेको गृह प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले रातोपाटीलाई बताए । ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको छ’ पोखरेलले भने–‘३ तहमा सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ, सुरक्षाकर्मीको संख्या यकिन हुन बाँकी छ ।’