स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । …
जुम्लाबाट सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाइने भएको छ । काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको हो । जुम्लाको काँचो स्याउ धमाधम बिक्री भइरहेको विषयमा साउन १७ गते कारोबारमा समाचार आएपछि सरोकारवालाको ध्यानाकर्षण भएको छ । यदपि विगतमा पटक पटक काँचो स्याउ निर्यात नगर्ने निर्णय भए पनि कार्यान्वयन नभएकाले यो […]
जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।...
स्याउ निर्यात खुल्ला गरेसँगै जुम्लाबाट करिब दुई हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।विशेषगरी भदौको दोस्रो सातादेखि स्याउ निर्यात धमाधम रुपमा सुरु भएको हो । कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी भदौ १० गतेपछि मात्रै स्याउ टिप्न र निर्यात गर्न खुला गरेको थियो । स्याउ निर्यातको समय खुला गरेपछि मात्रै हालसम्म २ […]
यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । भदौ दोस्रो साताबाट मात्र स्याउ टिप्न र बिक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् । अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, […]
जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन्।