रोकिएन विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन्।

सम्बन्धित सामग्री

बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

नपाक्दै जुम्ली स्याउ जिल्ला बाहिर निर्यात हुन थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको छ । दिनदिनै मालवाहक ट्रकहरूमा स्याउ लैजान थालेपछि पहिचान नै गुम्ने खतरा बढेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ दोस्रो साताअघिदेखि नै स्याउ निर्यात नगर्न भनिरहे पनि किसानहरूले वर्षाका कारण बाढीपहिरो आउन सक्ने भएकाले स्याउ थन्किने र कुहिने डरेले धमाधम निर्यात गर्न थालेको बताएका छन् ।

परिपक्क नहुँदै जुम्ली स्याउ बजारमा

जुम्लाको अर्गानिक स्याउ परिपक्क नहुदै बजारमा पुगेको छ । कर्णाली राजमार्ग संग जोडिएका यहाँका तातोपानी र तिला गाउँपालिकाका किसानले निर्णय उल्लघन गर्दै काँचो स्याउ विक्री गरेको पाइएको छ । भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी किसान र व्यापारी मिलेर नपाक्दै जुम्ली स्याउ बजारमा पुराइएको हो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन,“ स्याउ पुर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ ।