जुम्लाका विभिन्न नेता कार्यकर्तालाई ओलीले एमालेमा भित्र्याए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्। आफ्नै निवास बालकोटमा आयोजित कार्यक्रममा कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति खत्रीसहित विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसी लगायतलाई अध्यक्ष ओलीले पार्टीमा भित्र्याएका हुन्। स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पछिल्लो राजनीतिक दलहरूमा पार्टी प्रवेशको लहर नै चलेको

सम्बन्धित सामग्री

जुम्लाबाट स्याउसंगै सुकेको चाना पनि हुन्छ निर्यात

पछिल्लो समय जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिँदै आएका छन्।...

सङ्गीतले वैराग कटाउँदै जुम्लाका ज्येष्ठ नागरिक

जुम्लाका ज्येष्ठ नागरिकहरू सङ्गीतसँग रमाउने गरिरहेका छन्। चन्दननाथ नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा उनीहरू विभिन्न सङ्गीतको तालमा रमाउने गर्दछन्। भजन शैलीमा उनीहरू आफै गाउने, आफै रमाउने, आफै बाजा बझाउने एक आपसमा मनोरञ्जनका साथ

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन। अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ।...

जुम्लाका आठ पालिकालाई दुई अर्ब २९ करोड

संघीय सरकारले आगामी आव २०७९/०८० का लागि कर्णाली प्रदेशको जुम्ला जिल्लाका आठ स्थानीय तहलाई झण्डै दुई अर्ब २९ करोड विनियोजन गरेको छ । आइतबार सार्वजनिक भएको बजेटअनुसार जुम्लाका आठ पालिकालाई विभिन्न चार अनुदान शीर्षकबाट दुई अर्ब २९ करोड ९० लाख बजेट विनियोजन गरेको हो ।समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चारवटा […]

जुम्लाका किसान आफैं ओखर अनुसन्धानमा

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका–१० का शंखुबहादुर खत्री ओखर खेती गर्ने चर्चित किसान हुन् । उनी ओखर खेतीका लागि २४ सैं घण्टा बिताउँछन् । एटै जातको ओखरमा विभिन्न जातको ओखर फलाउनको लागि अनुसन्धान गरिरहेका छन् । उनले एउटै बोटमा धेरै जातका ओखर फलाउने गरी कलमी गरेका छन् । उनले गरेको सबै कलमी अहिले राम्रोसँग हुर्किएका […]

स्याउ र ओखर खेतीबाट लाखौं कमाउँदै जुम्लाका शंकु खत्री

जुम्ला : चन्दननाथ नगरपालिका-१० का शंकु खत्रीले स्याउ र ओखर खेतीबाट बर्सेनि करिब ८० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन्।शंकुले यस वर्ष ७७ लाख रूपैयाँको ओखरको विरुवा बिक्री तथा तीन लाख रूपैयाँभन्दा बढीको ओखर उत्पादन गरेको बताए। यस्तै‚ तीन लाख रूपैयाँ बराबरको स्याउ बिक्री गरेका हुन्।जुम्लाका उदाहरणीय किसान शंकुले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन्। २०७२ सालमा मोरङको विराटनगरमा भएको नवौं राष्ट्रिय कृषि मेलामा उनले उत्कृष्ट स्याउ किसानको पुर

ऐन कानुन निर्माणमा जुम्लाका स्थानीय तह अगाडी

जुम्ला-बितेको चार वर्षमा जुम्लाका आठ स्थानीय तहले करिब १२ दर्जन बढी ऐन कानुन निर्माण गरेका छन् ।संघीयतापछि स्थानीय तहका दैनिक कार्य सम्पादनलाई सहज र वैधानिक बनाउन विभिन्न विषयका करिब १ सय ४४ भन्दा बढी ऐन कानुन निर्माण गरेका हुन् । गाउँ नगरसभाबाट बहुमतले पारित भएको ऐन, कार्यविधि र निर्देशिकालाई स्थानीय तहका कार्यसम्पादनको कानुनका रुपमा लिने […]

जुम्लाका मार्सिफाँट डुबानमा, भित्राउनै लागेको धान र दर्जनौं काठेपुल बगे

अविरल वर्षाका कारण आएको बाढीले जुम्लाका अधिकांश मार्सी धान रोपेका खेत डुबानमा परेका छन् भने, जिल्लाभरका दर्जनौ काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएको छ ।एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न मार्सिफाँट डुबानमा परेपछि भित्र्याउनै लागेको जुम्ली मार्सिधान नष्ट भएको हो । जसमा तातोपानी गाउँपालिका वडा नं.२ र ३ मा पर्ने लाछु ज्युलोका दुई सय बढी मार्सी […]

निषेधाज्ञामै किसानलाई रोपाइँको चटारो

कोरोना महामारी जारी रहेका बेला जुम्लाका किसान रोपाइँ गर्ने व्यस्त छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जुम्लाका विभिन्न स्थानमा किसानहरु काली मार्सी धान रोपाइँ गरिरहेका छन् ।हरेक वर्षको चैत दोस्रोत हप्तामा राखेका धानको बेर्ना एक महिनामा रोप्न तयार भएसँगै किसानलाई रोपाइँ गर्न चटारो भएको हो । जुम्लाका ८ वटै स्थानीय तहमा […]

जुम्लाका लागि २५०० क्विन्टल चामलको थप कोटा स्वीकृत

वैशाख ३१, जुम्ला । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएको विभिन्न राष्ट्रिय सञ्चार माध्यममा समाचार प्रकाशनपछि थप कोटा स्वीकृत भएको छ ।  जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २ हजार ५०० क्विन्टल चामलको थप कोटा स्वीकृत गरेको हो ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारका अनुसार चामल अभावको गुनासोसँगै केन्द्रीय र प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत भएको हो । यसम्बन्धी सबै प्रक्रिया पूरा भएको छ । ‘अब १०/१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ’, शाखाका प्रमुख सुनारले भने, ‘प्रदेश कार्यालयसँग थप पाँच हजार र नेपालगञ्ज, बर्दिया, राजापुरबाट एक/एक हजार क्विन्टल चामल माग गरिएको छ । कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सबै कोटा स्वीकृत भएपछि आउँदो दसैँ–तिहारमा पनि चामल अभाव हुने छैन ।’  नागरिकलाई कोरोना महामारीमा खाद्यको चामल अभाव नहोस् भनेर नै कम्पनीको जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित बिक्री गर्दै आएको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा पाँच हजार ६५० क्विन्टल हो । यसमध्ये ९०० क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ ।  जुम्लाका लागि चार हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले वर्षभरि चामल पुग्दैन । जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । दुई ओटा डिपो गरी दुई हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख सुनारले बताए ।  जुम्लामा झन्डै २० हजार घरधुरीको एक लाख बढी जनसंख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महीना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । बाँकी छ महीना यहाँका स्थानीयवासी खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएका छन् । रासस