जुम्ला : चन्दननाथ नगरपालिका-१० का शंकु खत्रीले स्याउ र ओखर खेतीबाट बर्सेनि करिब ८० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन्।शंकुले यस वर्ष ७७ लाख रूपैयाँको ओखरको विरुवा बिक्री तथा तीन लाख रूपैयाँभन्दा बढीको ओखर उत्पादन गरेको बताए। यस्तै‚ तीन लाख रूपैयाँ बराबरको स्याउ बिक्री गरेका हुन्।जुम्लाका उदाहरणीय किसान शंकुले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन्। २०७२ सालमा मोरङको विराटनगरमा भएको नवौं राष्ट्रिय कृषि मेलामा उनले उत्कृष्ट स्याउ किसानको पुर