सुदूरपश्चिम १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराएर सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । उसले खेलेका सबै पाँच वटा खेल नै जितेको छ । मधेसले दिएको एक सय २३ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै भेटायो । सुदूरपश्चिमको जितमा दीपक बोहराले सर्वाधिक ५३ रन बनाए । आजै मूलपानी मैदानमा भएकाे खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ८५ रनले हराय...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने

काठमाडौं- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् । अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ । […]

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि सुरु, तीन खेल हुँदै

२८ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता […]

विद्यार्थीले गरे त्रिविको प्रिन्सिपल कार्यालय तोडफोड

१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् । माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् । प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश […]

यू-१९ राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु हुने वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक पत्रकार सम्मेलनका साथ सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एकदिवसिय शैलीको प्रतियोगितामा लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । लिगका खेलहरु […]

पीएम कप क्रिकेट : बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

११ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर […]

पीएम कप क्रिकेट : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्दै

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको पुलिस त्यही लयलाई निरन्तरता दिन चाहन्छ […]

पीएम कप क्रिकेटमा आजदेखि दुई खेल

४ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार अब समूह चरणका खेलहरु दुई मैदानमा हुनेछन् । […]

उधारोमा प्रधानमन्त्री कप क्रिकेट : न बजेट, न पुरस्कार

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सशर्त निलम्बन फुुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना गरेको हो । तर खेल सुरु भइसक्दा समेत न प्रतियोगिता विजेता र उपविजेताले पाउने पुरस्कार घोषणा भएको छ, न बजेटको टुंगो छ । १६ दिनसम्म त्रिवि क्रिकेट मैदान र […]

माघ पहिलो सातादेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ ।   नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा स...