काठमाडौं : कतार सरकारले सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली कामदार लिने विषयले निकै चर्चा पायो। कतारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१९ को जनवरीमा ठूलो संख्यामा कतार प्रहरी र सुरक्षा गार्डमा नेपाली युवा लिने औपचारिक घोषणा गरेको थियो। नेपालीको मुख्य श्रम गन्तव्य मुलुकको रूपमा रहेको कतारले अन्य क्षेत्रमा नेपाली कामदार माग गरिरहेको छ तर अन्तिम समयमा आएर कतारका लागि सुरक्षा गार्ड, प्रहरीमा भने नेपाली कामदार नलिने भएको छ।सन् २०२० मा नै ५ हजार प्रहरी र ३ हजार सुरक्षा गार्ड ग