मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी

हेटौँडा– मकवानपुर जिल्लाको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जिल्लाभरि रहेका १०२ वटा वडाहरूमध्ये सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष […]

सम्बन्धित सामग्री

रुपन्देहीको गैडहवा गाउँपालिकामा एमाले विजयी

रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली

रुपन्देहीको सैनामैना नगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन ।त्यस्तै उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्

पाँचपोखरी एमालेले जोगाउँदा लामा र अधिकारी दोहोरिए

पाँचपोखरी थाङपाल पाउँपालिकामा एमाले विजयी भएको छ। पालिका अध्यक्षमा टासी लामा र उपाध्यक्षमा सुनिता अधिकारी निर्वाचित भएका छन्। दुबै दोहोरिएका हुन्। उनीहरुले २०७४ को स्थानीय तह निर्वाचन जितेक थिए।...

सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक

सुर्खेत - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका नौ वटै पालिकाको मतपरिणाम सार्वजनिक  भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौ वटा स्थानीय तह मध्ये चार/चार वटा पालिकामा नेपाली का‌ग्रेस र एमाले विजयी भएका छन्  ।  एक वटा पालिकामा माओवादी केन्द्र मेयरमा विजयी भएको छ । का‌ग्रेसले तीन वटा नगरपालिकाको मेयर, एक वटा गाउँपालिकाको अध्यक्ष तथा दुई वटा नगरपालिकाको उपमेयर र दुई वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी हासिल गरेको हो ।  यस्तै एमालेले दुई वटा नगरपाल...

गगन थापालाई निर्वाचन क्षेत्रमा धक्का : काठमाडौँ -४ मा पर्ने सबैजसो वडामा पराजित

२०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)ले जितेको छ । थापाको निर्वाचन क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौँ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौँको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छन् । यी सवै वडाको वडाध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र उपमेयरमा पनि एमाले विजयी भएको छ ।यो नगरपालिकाको व

सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेको उपमेयर निर्वाचित

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ मत […]

रुपन्देहीको सिद्वार्थनगरमा प्रमुख कांग्रेस, उपप्रमुख एमाले

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । २०७४ मा एमालेले जितेको यो नगरपालिकाको मेयर यश पटक कांग्रेसले खोसेको छ । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचि...

महोत्तरीकाे रामगोपालपुरमा एमाले विजयी

महोत्तरी । महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी हुनुभएको छ । प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ […]