अरुण तेस्रो प्रसारण लाइन बन्न ढिलाइ

४०० केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन । प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी काम सुरु भइसके पनि सङ्खुवासभामा प्रसारण लाइन निर्माणमा विवादका कारण काम सुरु हुन नसकेको हो । जनगुनासो आएपछि जिल्ला समन्वय समितिले सरोकारवालासँग छलफल आयोजना गरेको थियो । कार्यक्रममा सहभागीले अरुण तेस्रो परियोजनाबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

सम्बन्धित सामग्री

अरुण तेस्रो प्रसारण लाइन : सात जिल्लामा ५९७ टावर निर्माण हुने

संखुवासभा :निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ। अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सात जिल्लामा ५९७ टावर निर्माण गरिने भएको हो। अरुण तेस्रो आयोजनाको ४०० केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्‍याउने बताएको छ। आयोजनाले सोमबार जिल्ला प्रशासन कार्यालय भएको छलफल कार्यक्रममा प्रसारण लाइन निर्माणका बारेमा जानकारी दिएको हो। संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, स

अरुण तेस्राेका लागि रोक्का गरिएका जग्गाको मुआब्जा दिन माग

काठमाण्डाै - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्राेको प्रसारण लाइन क्षेत्रमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएको अवधिको मुआब्जा उपलब्ध गराउन गाउँपालिकाले माग गरेको हो । २०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो । अरुण तेस्राेको प्रस...