राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच मंगलबार छलफल भएको छ । नयाँ वानेश्वस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले