पहिरोमा पुरिएर गुल्मीमा १० जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका दुईवटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा दुईजनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ ।