बेल्जियममा रहनुहुने म्याग्दी बरञ्जा–२ की मीना खड्काले चन्द्रागिरि थानकोट–५ स्थित आफ्नो नाममा रहेको एक रोपनी चार आना जग्गा बिक्री गर्ने सोच्नुभएको थिएन । भविष्यमा सोही जग्गामा घर बनाउने र बेल्जियमको बसाइ छोट्याएर स्वदेश फर्किने योजना उहाँको थियो । सोही योजनाअनुसार नेपाल आउँदा उहाँ एक पटक आफ्नो जग्गा हेर्न थानकोट पुग्नुहुन्थ्यो ।
यही क्रममा केही महिनाअघि जग्गा हेर्न पुग्दा सँगैका छिमेकीले ‘यो जग्गा त बिक्री भइसक्यो’ भन्दा उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । सुरुमा त विश्वास लागेन भन्दै उहाँले थप्नुभयो, “जग्गा दर्ता रेकर्डमा अर्काैको फोटो रहेको कुरा कलङ्की मालपोतमा पुगेपछि
थाहा भयो । ”