बेदकोट – राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो। पहिलो चरणमा कृष्णपुर नगरपालिकाका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको जिल्लास्थित राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिए। उनले क्रमशः बेदकोट, दोधाराचाँदनी, बेलौरी नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गर्ने […]