नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए । ‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ । प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन । लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो । मेरो पहिलो