मौद्रिक नीति ४ बजे सार्वजनिक हुने, ब्याजदर बढ्ने

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।राष्ट्र बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले  मौद्रिक नीति पारित गरेको छ ।  अब आवश्यक तयारी पुरा गरेर राष्ट्र बैंकले दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ  ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई हिजो बिहिबार नै मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेका छन् । आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् । कस्तो आउदै छ मौद्रिक नीति ?राष्ट्र बैंकले कडा मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले  ब्याजका नीतिगत दरहरु बढाउने तयारी गरेको छ ।  त्यस्तै कर्जा प्रवाह बढ्न नदिने गरि मौद्रिक नीति आउने स्रोतले जनाएको छ । २०७६ सालको चैतमा स्थगत गरेको काउन्टर साइक्लिकल बफर फेरि लागु गर्ने राष्ट्र बैंकको तयारी छ । त्यस्तै कोभिडकालमा प्रदान गरिएको सेवा सुविधा हटाउने बताईएको छ । 

सम्बन्धित सामग्री

मौद्रिक नीति : निजी क्षेत्रको आक्रोश

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ब्याजदर बढाएको छ । मौद्रिक नीति कमिटीको बैठकले रिपो रेटलाई ३५ बेसिस प्वाइन्ट्स अर्थात् ०.३५ प्रतिशतले बढाएर ६.३५ प्रतिशत पुर्‍याएको हो । यसअघि ५० आधार बिन्दुले ब्याज वृद्धि गरिएकोमा यसपटक पहिलेको भन्दा कम वृद्धि भएको हो । रिपो रेट भनेको बैंकहरूले केन्द्रीय बैंकसँग ऋण लिँदा तिर्ने ब्याजदर हो […]

मन्त्रिपरिषद् बैठकमा उठ्यो मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने विषय

काठमाडौँ – मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा […]

मौद्रिक नीति समस्या समाधानमुखी छ

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको छ । विस्तारकारी बजेट आउँदा कसिलो मौद्रिक नीति आउनु सैद्धान्तिकरूपमा सही हो । तर, बढ्दो शोधनान्तर घाटा, उत्पादनभन्दा पनि व्यापारतिर बढी केन्द्रित कर्जा प्रवाहका कारण राष्ट्र बैकले कसिलो नीति ल्याएर ब्याजदर बढाइएको छ । ब्याजदर बढाउँदाखेरि स्वाभाविक रूपले कम कर्जा जान्छ र मूल्यवृद्धि पनि हुन्छ । सामान्य अवस्थामा सकेसम्म […]

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याजदर घट्ने

२० साउन, काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय […]

मौद्रिक नीति र यसका मुख्य बॅुदा

काठमाडौँ– राष्ट्र बैंकले २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको मौद्रिक नीतिले उत्पादनमूलक र व्यापारिक क्षेत्रका लागि फरक फरक ब्याजदर कायम हुने व्यवस्था गरेको छ । सेयर धितो राखेर एक बैंकबाट लिन पाउने यस अघिको ब्यबस्था परिवर्तन गर्दै कर्जामा ४ करोडको सीमा हटाइएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै […]

राष्ट्र बैंक ब्याजदर बढ्ने गरी मौद्रिक नीति ल्याउने

काठमाडौं, असार २१ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू […]