एजेन्सी । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार बताएका छन् । गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको जिल्ला प्रमुख अहमद जिया याकोबीले सिन्ह्वासँग बताए । उक्त झडपमा चार तालिबानी विद्रोही पनि मारिएका उनले बताए ।छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नज