बाढी र राजनीति

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार कानुनसम्मत नरहेको ठहर गर्दै २० मन्त्रीलाई फिर्ता गरिदिएपछि प्रधानमन्त्री केपीओलीको राजनीतिमापनि बाढी छिरेको छ । यद्यपि, आमनागरिकलाई राजनीतिक बाढीप्रति खासै चासो देखिन्न । उनीहरू नदी र खोलामा आएको बाढीबाटै बाहिर निस्किन सकेका छैनन् । कोरोना संक्रमणको जोखिमबाट गुज्रिरहेको मुलुक बाढी पहिरोको मारमा परेका बेला राजनीति प्रतिचासो नहुनु अस्वाभा विक पनि होइन […]

सम्बन्धित सामग्री

लोकतन्त्रको उपहास

देशमा लोकतन्त्रको उपहास भएको छ। संसदमा विधेयक थन्कने, अध्यादेशको बाढी आउने गरेको छ। लोकतन्त्र बोकेका दलमा सिद्धान्त छैन। काँग्रेसले आप्mनो सभापति वाम राजनीतिको पृष्ठभूमिकालाई बनायो भने अचम्म नहुने भएको छ। सिद्धान्त नलिई मिलावटी, मिसावटी राजनीति भएर होला, राप्रपाले सूर्य चिह्नमा अँगालो हालेको देखिन्छ। चितवनमा भरतपुरको मेयर विवादमा एकैपल्ट कंगे्रसका कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरुकै […]

धानको अर्थ-राजनीति र पीडित किसानलाई राहत

विगत केही दिनयता देशका विभिन्न जिल्लामा परेको अविरल वर्षा, बाढी र डुबानका कारण ठूलो मात्रामा धनजनको क्षति भएको छ । बाढी, वर्षा र डुबानले किसानको उत्पादन, उत्पादन फार्महरू र हजारौं हेक्टर खेतीयोग्य जमीन र बाली नष्ट भएको छ । धान थन्क्याउने बेलाको बेमौसमी वर्षाले खेतमा काटेर राखेको वा काट्ने अवस्थामा रहेको भित्र्याउन लागेको धान ठूलो […]

प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण

असार २६, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी ओलीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण गर्नुभएको छ । शनिवार हेलम्बु–मेलम्चीको बाढी पहिरो निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बस्ती संरक्षणको लागि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई ५० लाख हस्तान्तरण गर्नुभएको छ ।  त्यस्तै ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री ओलीले हस्तान्तरण गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई अस्थायी बसोबासको लागि प्रति परिवार तत्काल ५० हजार रुपैयाँ र १ हजार ५०० बण्डल जस्तापाता दिईने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  उहाँले पीडितहरुलाई स्थायी आवासको लागि प्रति परिवार ५ लाख रुपैयाँ समेत उपलब्ध गराउनुको साथै बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएको छ । घाइतेको उपचार सरकारले गर्ने बताउँदै पुनर्निर्माणको काममा सरकारको ध्यान गएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुको निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । ‘यस्तो बेलामा सबैले सकेको मद्दत गर्ने हो, सकारले राहत तथा पुर्नस्थापनामा कुनै कसर बाँकी राख्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर, राहतको नाममा राजनीति नगर्न म सबैलाई अपिल गर्दछु ।’ अब पुनर्निर्माण गर्दा सुरक्षित स्थानमा एकीकृत रुपमा निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उही ठाउँमा उही बस्ती नबसाउन सुझाव दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपुगेको बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र मेलम्ची खानेपानी राजधानी पुर्‍याउने लक्ष्य रहेको, मेलम्ची खानेपानी आयोजनाबाट स्थानीयलाई परेको मर्का सरकारले हेर्ने जनाउँदै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।  उहाँले २०७१ साल साउन १८ मा गएको जुरे पहिरोको रकम पनि वितरण गर्न आवश्यक कानून निर्माण गरी तत्काल वितरणको लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।  प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचिव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । असार १ गते मेलम्ची खोलमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासहित हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

प्रभु साहकी पत्नीलाई प्रधानमन्त्रीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रभु साहकी पत्नी तथा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई फोन गरेका छन् ।दुई दिनअघि आफूलाई अकस्मात प्रधानमन्त्री ओलीको फोन आएको उनले बताइन् । फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो हालखबर सोधेको उनले जानकारी दिइन् ।करिब १५ मिनेटको फोनवार्ताको क्रममा स्थानीय राजनीति, मौलापुर नगरको विकास, बाढी डुबान लगायतको विषयमा प्रधानमन्त्रीले चासो राखेको उनले बताइन् ।प्रधानमन्त्रीले आफू र आफ्नो परिवारको हालखबरबारे पनि जिज्ञासा राखेको मेयर साहको भनाइ छ ।

राष्ट्रियसभामा बाढी, पहिरोदेखि वर्तमान राजनीति बेथितिसम्मका कुरा

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड–१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवम् निर्वाचनको विषयमा केन्द्रित गरी आवाज मुखरित गरिएको छ । बैठकमा भाग लिने सदस्यले मुलुक सङ्घीयतामा प्रवेश गरिसके पनि संविधानको मर्म र भावनाअनुरूप प्रदेश र...

राहत वितरणमा राजनीति प्रवेश गरेको देख्दा दुःख लाग्योः मिलन चाम्स

निर्देशक मिलन चाम्सले मेलम्चीमा बाढी पहिरोका कारण प्रभावित भएका बासिन्दाहरुलाई राहत वितरण गर्दा राजनीति प्रवेश गराइएको भन्दै दुःख व्यक्त गरेका छन् । मिलन चाम्ससहितका केही चलचित्रकर्मीले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेका थिए । मिलनले मेलम्चीको …

राहतमा पनि राजनीति घुसाएको देख्दा दु:ख लाग्यो : निर्देशक मिलन चाम्स

काठमाडौं : फिल्म निर्देशक तथा निर्माता मिलन चाम्सले मेलम्चीमा बाढी प्रभावितलाई दिइने राहतमा पनि राजनीति घुसाएको आरोप लगाएका छन्। राहत वितरण गरेर फर्किएका चाम्सले त्यहाँ देखिएको अवस्थाबारे फेसबुकमा लेखेका हुन्। उनले मेलम्चीको अवस्था युद्ध भूमी जस्तो देखिएको र त्यहाँका जनताहरु अझै त्रासमा जिउन बाध्य भएको बताएका छन्। ‘मेलम्चीमा राहतमा पनि…

बाढी र पानीको अर्थ राजनीति

नेपालीहरू अहिले बाढी—पहिरोबाट त्रसित र पीडित छन् । तराई—मधेसका महत्त्वपूर्ण सहरी क्षेत्र डुबानमा परेका छन् भने खोला किनारमा मापदण्ड विपरीत अनियन्त्रित तरिकाबाट घर बनाउन दिने भ्रष्टाचारको संरचनाको मारमा राजधानी परेको छ ।