लुम्बिनी प्रदेश कम्युनिस्टहरूको ‘गढ’ मानिन्छ । साविक तीन अञ्चल मिलेर बनेको लुम्बिनी प्रदेशमा राप्ती र भेरीमा पूर्व माओवादी र लुम्बिनी अञ्चललाई पूर्व एमालेले आफ्नो ‘आधार इलाका’ को रूपमा लिने गर्छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छ ।
नेकपाको दुवै समूहको ध्यान अहिले कार्यकर्ता तान्न लुम्बिनी प्रदेशमा केन्द्रित छ । नेकपाको (ओली समूह) र (प्रचण्ड–नेपाल) दुवै समूहमा लाग्ने दोस्रो तहका प्रभावशाली नेताहरूको ...